काठमाण्डौं, १२ असार–युरोकप २०२० अन्तर्गत शनिबारबाट नकआउट चरणका प्रतिस्पर्धा सुरु हुँदै छन् । नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९ः४५ बजे हुने प्रिक्वार्टरफाइनल चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् ।

लन्डनस्थित वेम्बली स्टेडियममा राति १२ः४५ बजे दोस्रो प्रिक्वार्टरफाइनल खेलमा अस्ट्रियाले इटालीको सामना गर्दै छ । यो प्रतिस्पर्धाबाट क्वार्टरफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

चारै टोलीले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्नकै लागि प्रतिस्पर्धा गर्ने निश्चित छ । दुर्भाग्यवश दुई टोलीको यात्रा यही प्रतिस्पर्धाबाट टुंगिनेछ ।

वेल्सविरुद्ध डेनमार्क

वेल्स र डेनमार्क आ–आफ्नो समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेका टोली हुन् । वेल्स समूह ए र डेनमार्क समूह बीको दोस्रो स्थानका टोली हुन् । तर, प्रतियोगितामा डेनमार्कको यात्रा फरक रह्यो ।

प्रतियोगिताअन्तर्गत समूहगत चरणमध्ये आफू रहेको समूह बीको खेल आयोजना गरेको डेनमार्क पहिलो खेलमै एउटा डरलाग्दो घटनाबाट गुज्रियो । खेलको दौरान आफ्ना मुख्य खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरूमा त्यसको पीडा देखिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *