दमक, १२ असार–नेकपा (एमाले) को युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटिले आज दमकमा बृहत सरसफाई गरेको छ ।
दमकस्थित मुख्य चौक–बजारमा रहेका शालिक र नमुना बजारमा सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा दमकको सामाजिक अभियान्ता जमुना निरौला अधिकारीले बताईन् ।
दमक–६ को देबकोटा चौकमा अवस्थित राष्ट्रिय विभुति महाकवि लक्ष्मीप्रसाद देबकाटा, वडा नं ५ भानु चौकको आदीकवि भानुभक्त आचार्यको शालिकको सरसफाई गरिएको छ ।
शालिक राखिएको क्षेत्रमा सरसफाई गर्नुका साथै त्यहाँ अवस्थित फूलका गमलामा समेत सरसफाई गरिएको नत्रेी अधिकारीले बताईन् ।
दमक नगर कमिटिका अध्यक्ष राम पौडेलको नेतृत्वमा आयोजित सरसफाई कार्यक्रममा नगर कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघको केन्द्रीय सदस्य तारा पौडेल, दमकमा सामाजिक कार्यमा सक्रिय युवा नेत्री रिना राई चेम्जोङ लगायतका युवा नेतृत्वको सहभागिता रहेको थियो ।
त्यस्तैं, दमकको मुख्य बजार नमुना मार्गमा समेत युवा संघले सरसफाई गरेका छन् । सो मार्गमा रहेको फूलबारीसहित नमुना मार्ग परिसरभित्र रहेका फलामको फलैचालाई सरसफाई गरिएको नेत्री अधिकारीले जानकारी गराईन् ।


