काठमाडौं, १३ असार–आज कोसी र यसका स–साना सहायक नदीमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पाल्पा, दाङ, बाँके, रुकुम, रोल्पा, सल्यान, मुगु, दार्चुला, बझाङ, बैतडी र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *