शिबगञ्ज–झापाको शिबसताक्षी-६ शिबगञ्जका कृषकहरुलाई बाली बिरुवामा लाग्ने रोग तथा किरा र बेमौसी तरकारी खेती सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । कृषि क्षेत्रलाई प्राविधिक सीप र ज्ञानसहित व्यवसायिक बनाउदै कृषकहरुको आय आम्दानीमा सघाउ पुर्याउने उदेश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको हो ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिमका सहभागिहरुलाई कृषि पाविधिक एबम् प्रशिक्षक बेदनिधी अधिकारी, शिबसताक्षी कृषि शाखा रबिन भट्टराईले सहजिकरण गर्नुभएको थियो ।
तालिममा बाली बिरुवामा प्रयोग गरिने विषादी सम्बन्धी, बेमौसमी तरकारी खेती र रोग तथा किरा सम्बन्धी जानकारी गराइएको थियो । सहभागिहरुलाई विषादी के हो ? विषादी कति प्रकारका हुन्छन ? यसलाई कसरी बनाइने र प्रयोग गर्ने विधि सम्बन्धी तालिममा प्रस्तुत गरिएको शिबसताक्षी नगरपालिका कृषि शाखाका रबिन भट्टराईले जानकारी गराए ।
्
बनस्पती विषादी, जैविक बिषादी र रासायनिक बिषादीसहित बाली बिरुवामा लाग्ने रोग र किराका बारेमा तालिमका सहभागिहरुलाई जानकारी गराएको थियो । त्यस्तैं, मौसमी र बेमौसी तरकारी खेतीका बारेमा समेत सहभागिहरुलाई जानकारी गराइएको नगर कृषि शाखाका भट्टराईले बताउनुभयो ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडा कार्यालयको रु ३५ हजार बाट तालिम तथा गोष्ठी कार्यक्रम गरिएको बताए । तालिम कार्यक्रममा सहभागिहरुको तर्फबाट नारायणप्रसाद दाहाल, पुजन कटुवालले तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएकोमा वडा कार्यालयलाई धन्यवाद प्रकट गरे । उनीहरुले तालिमबाट सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा सचिव नवराज घिमिरेले सञ्चालन गरेका कार्यक्रममा वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी प्रसाद गुरागाई, उषादेबी खड्काले मन्तव्य राखेका थिए ।
