काठमाडौं, १३ असार–नेकपा एमाले स्थायी कमिटीको आज आइतबार बसेको बैठकले पार्टीलाई औपचारिकरुपमै २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने नर्णिय गरेको छ ।

सो बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउन असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक आव्हान पनि गरेको छ । स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार यसबीचको घटनाक्रम समीक्षा गर्दै असार १६ गते केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउने छ ।

नेकपा एमालेको संस्थापन पक्षले माधव नेपाल समूहलाई पार्टीमा फर्काउन अन्तिम प्रयासस्वरुप यस्तो योजना अघि सारिएको जनाएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *