काठमाडौं, १३ असार-युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनल खेलमा आज राति बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । १६ औँ संस्करणको नकआउट चरणको चौँथो खेलमा पोर्चुगल र बेल्जियमले खेल्न लागेका हुन् ।
स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार टोलीको रूपमा रहेका दुवै टोली आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछन् ।
साविकको विजेता टोली पोर्चुगल आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा रहेको छ । अन्तिम तीनमा रहेको उत्कृष्ट टिमको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो ।
यता बेल्जियम भने अपराजित हुँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको हो । यता पोर्चुगलले एक खेलमा जित निकालेको थियो भने एक खेलमा पराजित भएको थियो र एक खेल बराबरी खेलेको थियो ।
बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।
यता स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडीले भरिएको पोर्चुगल उपाधि दाबेदार टिमसमेत हो ।
