काठमाडौं, १४ असार–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने इच्छाले कृत्रिम अलोकतान्त्रिक बाटो समातेको आरोप लगाएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनले जनतामा जाने कुरालाई ‘कू’ भनेको भन्दै २०१७ सालको घटना लोकतान्त्रिक अभ्यास थियो उनले प्रश्न गरे ।
“नेपाली कांग्रेसले कू भन्ने बिर्सिसकेछ । म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु । माघ १९ के थियो रु लोकतान्त्रिक थियो । आश्विन १८ गतेको घटना कू थियो कि थिएन रु त्यतिबेला उहाँले कू भन्न सक्नुभएन् ,” उनले भने “अहिले संवैधानिक रुपमा जनताकोमा जाँदा कू भनेको छ, प्रतिगमन भनेको छ ।
उहाँले प्रचण्डको भाषा पनि सापट लिएर, सापटी मात्रै होइन की प्रचण्डको भाषाशैलीलाई आफ्नै बनाइसक्नुभयो । दया लाग्छ प्रजातान्त्रिक इतिहास बोकेको पार्टी प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।”
