काठमाडौं, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओली माधवकुमार नेपालप्रति खनिएका छन् । मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा बोल्दै उनले माधव नेपाल कांग्रेसको कार्यकर्ता बनेर हिँडेको र कांग्रेस प्रवेश गर्न तत्पर रहेको बताए ।

उनले माधव नेपाल प्रशंसाको भोको रहेको कानमा चिनी हाल्ने मानिसहरूको खोजीमा रहेको बताए । त्यही खोजी गर्दै कहिले शेरबहादुर देउवाकहाँ पुग्ने गरेको बताए ।

“उहाँ प्रचण्डकहाँ किन जानुहुन्छ रु किन भनेर प्रचण्डले उनलाई कानमा चिनी हाल्दिएका छन्,” ओलीको भनाइ थियो ।

नेता नेपालले मदन भण्डारीको नामै लिन छाडेको बताउँदै यसपल्ट चाहिँ कार्यकर्ता अल्मल्याउन वक्तव्य निकालेको आरोप लगाए । प्रधानमन्त्री ओलीले नेता नेपालले जहिले पनि मदन भण्डारीको राम्रा कुरा मात्र होइन, नराम्रा कुराको पनि खोजी गर्नुपर्ने बताउने गरेकाले पनि उनको नियत प्रष्ट हुने बताए ।

प्रधानमन्त्रीले अहिले मदन भण्डारी मन नपराउनेहरूले पनि जनताको बहुदलीय जनवाद ‘जप्ने’ गरेको बताए ।

“म खोलाको किनारको बाटो हिँड्दै थिएँ । एकजना न साँझ, न बिहान गायत्री मन्त्र जप्दै रहेछन् । मैले अहिले किन गायत्री जपेको भनेर सोधेको थिएँ,” ओलीले कटाक्ष गर्दै भने, “उनले त भूतप्रेत नलागोस् भनेर जपेको जवाफ दिए । अहिले कतिपयले ठीक त्यस्तै गरेर गायत्रीझैँ जबज जपिरहेका छन् ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *