दमक, १४ असार–झापामा असार २१ गतेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ ।

आज बसेको डिसीसीएमसीको बैठकले निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर गते अनुसार सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।

बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि दिउँसो ३ बजेसम्मका लागि सञ्चालन गर्न पाइने भएको छ ।

होटेल तथा रेष्टुरेन्टहरुले टेक–अबे सेवा मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *