काठमाडौं, १४ असार–नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको खट्टा ढोग्न पनि सक्ने टिप्पणी गरेका छन्।
सोमबार बुद्धिजीवीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पनि पछि नपर्ने तर कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले बताए।
‘केपी ओली विचित्रको मान्छे हुनुदोरछ। उहाँले व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सम्झौतामा हस्ताक्षर गरिदिन सक्नुहुन्छ। यसको भुक्तभोगी त म भन्दा बढी माधवजी हुनुहुन्छ,’ उनले भने, ‘अहिले जरुरी पर्योा भने माधव नेपालको खुट्टा ढोग्न पनि सक्छन् केपीले। मलाई थाहा छ त्यो कुरा। सबै सहमति गरिदिन पनि सक्छन्। तर पालना चै एउटा पनि गर्दैनन्,’ उनले भने।
