दमक, १५ असार–प्रत्येक बर्ष असार १५ गतेका दिन मनाईने राष्ट्रिय धान दिवसको अवसर पारेर नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटिले आज दमकमा धान रोपाईसहित दही च्यूरा खाएर मनाएको छ ।

धान दिवसको उद्घाटन प्रदेश १ का सांसद समेत रहनुभएका नेकपा (एमाले) का केन्द्रीय सदस्य अर्जुन राईले गर्नुभएको छ । दमक १ स्थित एमाले दमक नगर सचिवालय सदस्य हरि न्यौपानेको खेतमा आयोजित धान रोपाई तथा दही च्यूरा खाने कार्यक्रममा दमकका युवा नेताहरुको बाक्लो उपस्थिति थियो ।

राष्ट्रिय युवा संघ नेपालका दमक नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो कार्र्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद तथा पार्टीका केन्द्रीय सदस्य अर्जुन राई, नेता अम्बिका खनाल, क्षेत्रीय इन्चार्च नेत्र दाहाल, संघका केन्द्रीय सदस्य जमुना अधिकारी निरौला, तारा गुरागाई, अनेमसंघ नगर अध्यक्ष अमुना गौतम, युवा नेता महेश दाहाल, सन्तोस दुलाल लगायतको उपस्थिती रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *