काठमाडौं, १५ असार –क्लब फुटबलमा अक्सर ुदुश्मनु क्लबहरू जुनसुकै लिगमा हुने गर्छन्। तर देश(देशबीच खेलको कुरा गर्दा जर्मनी र इंग्ल्यान्ड फुटबल मैदानका सधैंका दुस्मन रहने गर्छन्। अझ समर्थकहरू त एक(अर्काविरुद्ध भिड्नै पनि पछि पर्दैनन्।

वेम्बलीमा १९६० मा जर्मनीलाई हराएर विश्वकप जितेयता मुख्य प्रतियोगिताको नकआउटमा जित्न नसकेको इंग्ल्यान्ड आज रात पौने १० बजे वेम्बलीमा जर्मनीविरुद्ध भिड्नुअघि निरन्तरको पराजयको घाउ मेटाउने सुरमा हुनेछ।

सन् २०१४ को विश्वकप विजेता जर्मनी आफ्नो पुरानो प्रतिद्वन्द्वीविरुद्ध पछिल्ला भिडन्तमा सफल देखिएको छ ।

स्टुआर्ट डाइक्स सन् १९८७ मा इंग्ल्यान्डबाट जर्मनी सरेका फुटबल समर्थक हुन्। बुन्डेस लिगाको दुई क्लबको प्रशासनमा काम गरेका उनले पनि यी दुई टोलीबीचको फुटबल दुस्मनीलाई बुझेका छन् । ुमेरो विचारमा जर्मनहरूका लागि पनि यो खेल ठूलो हो । जर्मनी र इंग्ल्यान्डबीचको यो खेल बाँकी सबै खेलभन्दा उच्च रहने गर्छ,ु उनले भने।

महत्वपूर्ण प्रतियोगितामा आफ्नो टोलीले जर्मनीसँग भिडेका पछिल्ला प्रतिस्पर्धा इंग्लिस समर्थकहरू बिर्सन चाहन्छन् । त्यो प्रतिस्पर्धा सन् २०१० को फिफा विश्वकपअन्तर्गत भएको थियो । दक्षिण अफ्रिकामा भएको उक्त प्रतिस्पर्धामा इंग्ल्यान्ड जर्मनीसँग ४–१ ले पराजित भयो। तर त्यो खेलले फुटबलमा टेक्नोलोजीको अभाव देखाइदियो।

खेलमा जर्मनीले २–१ को अग्रता बनाएको अवस्थामा मिडफिल्डर फ्रान्क लाम्पार्डले एउटा सशक्त प्रहार गरे। लाम्पार्डको प्रहार क्रस बारको भित्रतर्फ लागेर मैदानमा गोललाइन क्रस गरेको थियो। भुइँमा गोललाइनभित्र झरिसकेपछि जर्मनीका गोलरक्षक म्यानुअल नुएरले नियन्त्रणमा लिएको उक्त बललाई रेफ्रीले गोलको मान्यता दिएनन्।

वास्तवमा रेफ्रीहरूले उक्त बलले गोललाइन पार गरेको देखेका थिएनन् । त्यसैले पनि उनीहरूले गोलको मान्यता दिएनन् । तर, रेफ्रीको यो निर्णयपछि इंग्लिस समर्थकहरूले ठूलो असन्तुष्टि व्यक्त गरे। त्यही घटनाले फुटबल मैदानमा प्रविधिको प्रयोगको बाटो खोलेको थियो ।

त्यसको चार वर्षपछि सन् २०१४ मा ब्राजिलमा आयोजना भएको फिफा विश्वकपमा विश्व फुटबल महासंघ फिफाले गोललाइन प्रविधिलाई प्रयोगमा ल्याउने निर्णय गर्‍यो। त्यसपछि सन् २०१८ मा रुसमा आयोजना भएको फिफा विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को पूर्ण रूपमा प्रयोग भयो। अहिले पहिलो पटक युरो २०२० मा भिएआर प्रयोग भएको छ र यो धेरै प्रभावकारी देखिएको छ।

त्यो गोल्डेन जेनेरेसन

इंग्लिस फुटबल एकताका विश्वकै अब्बल खेलाडीहरूले सुसज्तित थियो। डेभिड बेक्हाम, स्टेभन जेरार्ड, माइकल ओवेनजस्ता विश्व चर्चित खेलाडीले सजिएको इंग्ल्यान्डले सन् २००१ को विश्वकपको छनोट खेलमा जर्मनीमाथि ५–१ को सानदार जित निकाल्यो। यद्दपि यो पुस्ताले पनि ठूलो उपलब्धि इंग्लिस फुटबललाई दिलाउन सकेन।

सन् १९६६ को विश्वकप जित्दा जर्मनीलाई हराएको इंग्ल्यान्डको जित तत्कालीन समयमा पनि विवादमुक्त भने थिएन। एलान बलको क्रसमा जियोफ हर्ट्सले गरेको सशक्त प्रहार क्रसबारमा लागेर भुइँतर्फ झरेको थियो ।

त्यसबेला पनि उक्त बलले गोललाइन क्रस गरेरनगरेको विवाद भयो । सुरुवातमा लाइन्सम्यानले उक्त बललाई गोल दिन अस्वीकार गरेका थिए। पछि रेफ्रीसँग छलफल गरेपछि उक्त बललाई गोलको मान्यता दिएको थियो । त्यससँगै खेलमा इंग्ल्यान्डले ३–२ को अग्रता बनाएको थियो । अन्तिममा उक्त खेल इंग्ल्यान्डले ४–२ ले जित्यो।

पेनाल्टीमा अभागी इंग्ल्याण्ड

पेनाल्टीमा भने इंग्ल्यान्ड प्रायःजसो अभागी सावित हुँदै आएको छ। सन् १९९० को फिफा विश्वकप र सन् १९९६ को युरोकप दुवैमा इंग्ल्यान्ड वेस्ट जर्मनीसँग टाइब्रेकरमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो ।

त्यसो त इंग्ल्यान्डले ९० मिनेटमा युरोकपमा कहिल्यै पनि जित निकालेको छैन। सन् १९९६ को युरो कपमा जर्मनीविरुद्ध इंग्ल्यान्डका अहिलेका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले निर्णायक पेनाल्टी प्रहार गुमाएका थिए।

युरोपियन च्याम्पियनसिपमा ४ खेल पेनल्टीमार्फत टुंगिएको छ। जसमा स्पेनसँग मात्र युरो १९९६ मा पेनाल्टीमार्फत जित निकालेको थियो। अहिले भन्न थालिएको छ-निर्धारित समयमा जित निकाल्न नसके पेनाल्टीमा इंग्ल्यान्ड पराजित हुने निश्चित छ।

त्यसैले आज करिब ४० हजार दर्शकमाझ हुने जर्मनी र इंग्ल्यान्डबीचको खेलमा प्रविधिले कम विवाद बनाउने विश्वास गरिएको छ। यद्यपि धेरै दर्शकको चासो फेरि पनि रहेको छ। वेम्बलीमा यी दुई टिम १३ औं पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *