शिबगञ्ज, १६ असार–बाढी, पहिरो, आगलागी, भुकम्प, रोग, हैजा, तथा प्रकृति प्रकोप र द्धन्द्ध लगायतका जोखिम न्यूनिकरण र नियन्त्रण सम्बन्धी सामाजिक कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबसताक्षीलाई आवश्यक सामाग्रीहरु हस्तान्त्रण गरिएको छ । शिबगञ्जस्थित शिबसताक्षी वडा नं ६ कार्यालयले हिजो (मंगलबार) एक कार्यक्रमबीच त्रिपाल १८ थान, ब्लाङकेट १५ थान, प्लालिष्टीकको डोरी १० केजी, ठूलो ट्युब २ थान र फम कालो २ रोल हस्तान्त्रण गरिएको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत वडा कार्यालयको वडा परिषद बैठकद्धवारा बिनियोजन रु १ लाखबाट सो सामाग्रीहरु खरिद गरिएको हो । अध्यक्ष कार्कीले मानवीय सेवा र उद्धार कार्यमा सक्रिय रेडक्रसलाई वडा कार्यालयको तर्फबाट आवश्यक सामाग्रीहरु सहयोग गरिएको बताउनुभयो ।

शिबगञ्जस्थित वडा कार्यालयमा आयोजित सामाग्री हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबसताक्षीका सभापती नारायणप्रसाद दाहाल, वडा अध्यक्ष  मनोज खुलाल कार्की, वडा कार्यालयका सचिव नवराज घिमिरे, वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी गुरागाई, जन आदर्श माध्यमिक बिद्यालयका शिक्षक एबम् नेपाल रेडक्रस सोसाइटी उपशाखाका पुर्व सहसचिव दिनेश श्रेष्ठ र आजिवन सदस्य सन्तोस कोइरालाको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *