काठमाडौँ, १६ असार–नेपालमा थप २८९२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ ।
