काठमाडौं, १७ असार–सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

थप वर्षा हुने सम्भावना रहेको छ । मेलम्ची बजारलगायत तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान सिन्धुलीस्थित कमला नदीको रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । धनुषा, सिरहालगायत तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा रातिसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सिन्धुलीकै मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । मरिन कुसुन्तार, वाग्मती राइगाउँ, पधेरादोभानलगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको जनाइएको छ । उक्त जलाधारका नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, तनहुँको विमलनगर वर्षामापन केन्द्रमा र बाराको कलैया वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *