झापा, १७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिको भत्र्सना गर्दै पाँच विद्यार्थी संघ–संगठनले झापामा प्रतिकात्मक बिरोध जनाएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षीहरुप्रति लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले बुधवार बिर्तामोडको मुक्तिचोकमा आयोजित एक कार्यक्रममा बहुलाएको सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप दिएर प्रतिकात्मक बिरोध जनाएका हुन् ।
पाँच विद्यार्थी संघ संगठनद्वारा आयोजित विरोध कार्यक्रममा उनीहरुले प्रधानमन्त्री ओलीको कार्यशैली, अर्मयादित, अशिष्ट अभिव्यक्तिको भत्र्सना गर्दै पुत्ला समेत दहन गरेका थिए ।
विरोध कार्यक्रममा संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको बहिर्गमनको बाटो खुल्ला भएकाले बहुलाएको सामुदायिक कुकुरको व्यवहार गरेको गम्भीर आरोप लगाएका थिए ।
