काठमाडौं, १७ असार –कोरोना संक्रमण पुष्टि भएका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनामध्ये १३ जनामा रिपोर्ट नेगेटिम आएको जानकारी दिए ।
उनीहरूमध्ये ११ जना खेलाडी र तीन जना अफिसियल रहेका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना संक्रमण पुष्टि भएको थियो । ठूलो सख्यामा कोरोना देखिएपछि एन्फाले तत्कार पुनः परीक्षण गरेको थियो । खेलाडीमा कोरोना संक्रमण बिहान नै देखिएपनि एन्फाले दिउँसो मात्र जानकारी दिएको थियो ।
“ठूलो संख्यामा राष्ट्रिय टोलीको खेलाडी र अफिसियलमा कोरोना देखिएको थियो । जसका कारण हामीले पुनः परीक्षण गरेका हौँ । जसमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो,” राईले बाह्रखरीसँग भने ।
एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ ।
