पथरी, १७ असार–मोरङ बेलबारी ११ लक्ष्मीमार्गमा अलपत्र भेटिएका एक बृद्धको बिहिबार उद्दार गरिएको छ । आफनो नाम रामबहादुर राई र घर संखुवासभा बताउने ती बृद्धाले निशेधाज्ञाका कारण आफू अलपत्र परेको वताएका छन्।
विगत दुई महिना अघिदेखि बेलबारी ११ स्थित सुम्निमा चोकको विश्रामालयमा बसेर कष्टकर जीवन यापन गरिरहेका सङ्खुवासभा तुम्लिङटार माथ्लोटार घर बताउँने राई दुई महिना अघिदेखि बेलबारीमा अलपत्र अबस्थामा रहेका थिए ।
बेलबारी ७ बाहुनी आफन्तकोमा आएको र आफन्त समेत घर छोडेर धेरै दिनसम्म नफर्किएपछि आफू अलपत्र परेको रामबहादुरले बताए।
खाँदबारी नगरपालिकाका नगरप्रमुख,तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग उनको बारेमा बुझिएपनि उनको आफन्त नभेटिएपछि उनको उद्धार गरि बिहिबार मानवसेवा आश्रम विराटनगरसँग समन्वय गरेर बेलबारी नगरपालिकाको व्यवस्थापनमा आश्रम पठाएको उपमेयर ढाकाकुमारी पराजुलीले जानकारी दिएकी छिन ।
