काठमाडौं, १८ असार –नेकपा (एमाले) माधव नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई ‘गुटको बैठक’ संज्ञा दिएकी छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत नेृतृ झाँक्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ‘गुटको बैठक’ भनेकी हुन् ।

“भ्रममा नपरौँ १ असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो । हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्दाको सम्बोधनविना बैठकमा सहभागी हुने कुरै आउँदैन,” उनले भनेकी छन्, “पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ । हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।”

बुधबार एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो । सोही बैठक शुक्रबारका लागि बोलाइएको छ । बैठकमा नेपाल पक्षलाई पनि निम्तो दिइएको छ ।

तर, नेपाल पक्षको बिहीबार बसको स्थायी कमिटी बैठकले सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *