दमक, १८ असार–वर्ल्ड लिंक इन्टरनेट कम्युनिकेशनले आज देशभरका आफ्ना शाखाहरु मार्फत कर्मचारी र ग्राहकहरुबीच खुसीयाली साटासाट गरेको छ ।
असार मसान्तसम्ममा पाँच लाख ग्राहकहरु बनाउने लक्ष्यका साथ देशभरका शाखा कार्यालय मार्फत निरन्तर सेवा सञ्चालन गरिरहेको वर्ल्ड लिंक इन्टरनेटले दुई साता अघि लक्षित ग्राहक पुरा गर्न सफल भएकोमा खुसीयाली साटासाट गरिएको हो ।
काठमाण्डौंस्थित केन्द्रीय कार्यालय मातहत देशभरको सवै शाखाहरु कार्यालयमा खुसीयाली गरिएको दमकस्थित वर्ल्ड लिंक इन्टरनेट कम्युनिकेशनको शाखा कार्यालयका प्रमुख राजन तिम्सिनाले हाम्रोसरोकारलाई जानकारी दिनुभयो ।
शाखा प्रमुख तिम्सिनाका अनुसार वर्ल्ड लिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।
तिम्सिनाले वर्ल्ड लिंक इन्टरनेट कम्युनिकेशनको ग्राहक संख्या पाँच लाख पुगेको बताउनुभयो ।
शाखा प्रमुख तिम्सिनाले वर्ल्ड लिंक इन्टरनेटको सेवालाई प्रभावकारीसहित ग्राहकहरुबीचमा अझ विश्वसनीय र भरपर्दो बनाउँदै लैजाने बताउनुभयो ।
वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । वर्ल्ड लिङ्कले देशका दश हजार ठाउँमा पब्लिक वाई–फाई विस्तार गरेको छ । दमकमा पनि धेरै ठाँउमा यो सुविधा रहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो ।
