दमक, १९ असार–स्पेन युरो कप फुट्बल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
आज विहानका राती साँडे १२ बजे सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनल प्रबेश गरेको हो । निर्धारित समय सम्म एक–एक को बराबरी भएपछि भएको टाइब्रेकरमा स्पेनले बाजी मारेको हो ।
यसअघि खेलको ८ औं मिनेटमा जाकारियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता लिएको थियो भने स्वीट्जरल्याण्डले खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीको गोलसँगै बराबरी गरेको थियो ।
पराजयसँगै स्विट्जरल्याण्डको यस बर्षको युरोकपको यात्रामा पूर्णविराम लागेको छ ।
