काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरु सहभागी छन् ।

छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ । कांग्रेसको १४ महाधिवेशसन नजिकिंदै गएसँगै नेताहरुको वैठकहरु बाक्लिँदै गएका छन् ।

सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ । निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *