रुपन्देही, १९ असार–रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ती युवकलाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका–१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा तीन जना युवालाई लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अवैध लागुऔषधसहित सैनामैना नगरपालिका–१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाड बस्ने बर्ष २४ को रमेशबहादुर आचार्य र सोही बर्षको २५ को रमेश मरासिन पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट लागुऔषध ९खैरो हिरोईन० ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद गरी पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
