शिबगञ्ज, १९ असार–झापाको शिबगञ्जमा महिलालाई मौरी पालन सम्बन्धी तालिम तथा घार खरिद र वितरण कार्यक्रम सम्पन्न भएको छ । शिबसताक्षी–६ वडा कार्यालय शिबगञ्जको आयोजना र विराट प्राविधिक शिक्षा एबं परामर्श प्रालिको व्यवस्थापनमा जन आदर्श माध्यमिक बिद्यालयको भवनमा तालिम भएको थियो ।
तालिमको सहजिकरण ‘मौरी दिदी’ले परिचित दुधेस्थित सतासी महिला मौरी सहकारी संस्थाकी प्राविधिक देबी दाहालले गर्नुभएको थियो । मौरी पालन र मौरीको मह उत्पादनसँगै व्यवसायिक क्षेत्रमा लामो समयदेखी सक्रिय प्राविधिक दाहालले महिलाहरु घरैमा बसीबसी मौरी पालन गर्न सकिने र मौरीबाट घरायसी आय-आम्दानी बृद्धि गर्न सकिने बताउनुभयो ।
शिबसताक्षी–६ शिबगञ्जका २५ जना महिलाहरुले तालिममा सहभागिता जनाएका थिए । १७ गते सुरु भएको तालिम आज (शनिबार) १९ असार सम्पन्न भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडा भित्रका वेरोजगार महिलाहरुलाई रोजगारको वातबरण सृजना गर्न मौरी पालन सम्बन्धी तालिमको आयोजना गरिएको हो । वडा अध्यक्ष कार्कीले तालिममा सहभागि दिदी बहिनीहरुलाई प्रमाण पत्रसहित घार वितरण समेत गरिएको बताउनुभयो ।
तालिमबाट सहभागिहरुले मौरी पालन गर्दा ध्यान दिनुपर्ने विषय, यसलाई बचाउन वा बृद्धि गर्न आवश्यक प्राविधिक ज्ञान, सीप र विकासको निम्ति महत्वपूर्ण जानकार हुने तालिम कार्यक्रमका मुख्य प्रशिक्षक देबी दाहालले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा सभाध्यक्ष वडा अध्यक्ष कार्कीले गर्नुभएको थियो । वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्रीनाथ खनाल र नरमाया परिवारले बोल्नुभएको थियो । सो अवसरमा कार्यक्रमको सञ्चालन वडा सचिव नवराज घिमिरेले गर्नुभएको थियो ।

