काठमाडौं, २० असार–१६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इङ्ल्याण्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

उक्त खेलमा युक्रेनलाई ४(० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ।

यस संस्करणमा इङ्ल्याण्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ। पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल बुधबार राति १२ः४५ बजे र दोस्रो खेल बिहीबार राति हुने छ। फाइनल जुलाइ ११ मा हुने छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *