काठमाण्डौं, २१ असार–निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।
विपक्षी दलहरूले संसद पुनर्स्थापनालगायत माग राखेर यसविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी छ। तर आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
