काठमाडौं, २१ असार–राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् ।
उनले मुलुक प्रतिगमन र अग्रगमनको द्व्रन्द्व संघर्षबाट गुज्रिरहेको बताउँछन् । आफूहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भए पनि प्रतिगमन पूर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोस्रोपटक पनि विघटन भएको टिप्पणी गरे ।
उनले भने, “म चेतावनी दिन चाहन्छु । त्यो कहिले पनि पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौ । ”
