दमक, २१ असार–युवा गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ नामक म्युजिक भिडियो भोली (मंगलबार) सार्वजनिक हुने भएको छ ।
‘टियुन एण्ड टोन इन्टरटेण्टमेन्ट’ नामक युट्युव मार्फत गायक धिमालले ‘गाजलु आँखाको’ म्युजिक भिडियो सार्वजनिक हुने भएको हो । म्युजिक भिडियोमा भुवन खड्का र सीमा धिमालको फिचरिङ देख्न पाइन्छ । सो गीतको छाँयाकन मोरङ र झापको बिभिन्न स्थलहरुमा गरिएको छ ।
‘गाजलु आँखाको’ गीतको शब्द रचना उपेन्द्र अधिकारीले गर्नुभएको हो । गीतलाई लेखराज ढकालले संगीत सृजना गर्नुभएको छ ।
दमकस्थित काब्या रेकडिङ स्टुडियोमा गायक सुरेश धिमालले ‘गाजलु आँखाको’ गीत रेकर्ड गराएका हुन् । गीतलाई अशोक थापाले एरेन्ज गर्नुभएको छ ।
मोरङ उर्लाबारीका युवा गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ म्युजिक भिडियो दोस्रो गीति कोशेली हो ।
गायक धिमालले झापा, मोरङ र सुनसरीका स्टेज कार्यक्रमहरुमा आफ्नो परिचय बनाइसक्नु भएको छ । यसअघि उनको ‘रोजेर तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

