काठमाडौं, २२ असार–१६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार राति हुँदैछ । प्रतियोगिताको सेमिफाइनल खेल आज हुन लागेको हो ।

वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । दुई टोलीबीचबको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै आफूलाई फाइनलमा पुर्याउने योजनामा हुनेछन् ।

युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपकट युरोकप फुटबलको उपाधि जितेको छ ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यता, इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो उपाधि नजिक पुग्न इटालीलाई आजको खेल जित्नै पर्नेछ ।

युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुईपटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *