काठमाडौं, २२ असार–कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन केन्द्रित छलफल र भेटघाटले तिव्रता पाएका छन् ।
सभापतिका प्रत्यासीहरुबीच भेटघाट बढिरहेका छन् भने नेताहरुले आफ्नो समूहलाई विस्तारित गर्दै थप शक्ति आर्जन गर्ने प्रयास पनि जारी राखेका छन् ।
यसैबीच आज नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको बैठक राखेका छन् ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा राखेको बैठकमा केन्द्रीय समिति, जिल्ला कार्यसमितिका तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिलाईसमेत सहभागी गराउन लागेका छन् ।
महाधिवेशनमा समूहगत उपस्थितिसहित प्यानलमा उमेदवारी दिने वा कुनै समूहमा भाग लिएर सहभागी हुने भन्ने विषयमा छलफल हुने सिटौला समूहमा आवद्ध एक कांग्रेस केन्द्रीय सदस्यले बताए ।
