झापा, २२ असार–झापा भद्रपुर–८ का पत्रकार माधव विद्रोही राष्ट्रिय समाचार समिति राससको बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ ।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रित विद्रोही हाल स्वाधीन सम्वादका प्रधान सम्पादक र रेडियो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।
