काठमाडौं, २३ असार–१६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।
वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् । इङ्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।
इङ्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
