झापा, २३ असार–झापाको बिर्तामोड नगरपालिका- ४ जात्रुबाडीका ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे सोही नगरपालिका-८ बाह्रबिघेस्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नेक्रममा बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागी भुईमा लड्दा उनको टाउकोमा चोट लागी गम्भिर घाईते भएको र उपचारको लागी विएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी हुन् । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
