काठमाडौं, २४ असार–झापा, सप्तरी, तनहुँ, धनुषा र पाँचथरमा पाँचजना मृत अवस्थामा फेला परेका छन् ।

झापाको झापा गाउँपालिका–२, सडकबारी बस्ने ५१ वर्षीय विष्णुबहादुर लिम्बू सोही ठाउँस्थित सानोमाई खोलामा मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४, मल्हनिया बस्ने सुफी यादवको खेतमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको भिमाद नगरपालिका–६, रत्नचोकस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१४, मुजेलियास्थित खेतको कुलोमा सोही ठाउँ बस्ने ३५ वर्षीय इन्दल महरा मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–३, कातिके बस्ने पदमसुन्दर सम्बाहाम्फेकी छोरी आठ वर्षीया करिश्मा सम्बाहाम्फे सोही ठाउँ सिमराहास्थित तमर नदीको किनारामा मृत अवस्थामा फेला परेकी छन् ।

साथीहरुसँग नदीमा खेल्न गएकोमा घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *