दुधे, २४ असार –सतासीधाम जेसीज वर्ष २०२१ की जनचेतना कार्यक्रम संयोजक निर्मला प्रधानले आफ्नी छोरी निहारिकाको जन्मदिनमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको छ ।

सानै उमेरदेखी समाजसेवा र सकारात्मक कार्यमा लाग्ने वातबरण बनाउने उदेश्यले छोरी निहारिकाको जन्मदिनमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

शिबसताक्षी दुधे निवासी निर्मला सामाजिक क्षेत्रमा सक्रिय र स्थापित नाम हो । निर्मलाका अनुसार सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी–११ को शहिद भीमनारायण आधारभूत विद्यालयका २२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । उक्त विद्यालयका कक्षा १ देखि ५ सम्मका विपन्न परिवारका छात्र छात्रालाई वितरण गरिएको थियो ।

कार्यक्रममा सतासीधाम जेसीजका वर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवा, वर्ष २०१२ का अध्यक्ष कमल सेन्चुरी, महासचिव अर्जुन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *