धरमपुर, २४ असार–सुगम नगर तर बिधुत सुविधाले पछाडी परिरहेको झापाको शिबसताक्षी-१ धरमपुरस्थित आधा दर्जन गाउँमा आज पोल विस्तार गरिएको छ । स्थानीय सामाजिक अगुवा तथा नेकपा (माओवादी केन्द्र) का युवा नेता दुर्गा नेम्बाङको पहलमा धरमपुरस्थित तीनकुने टोल, फूलबारी सामुदायिक टोला, चर्चाबारी, डाडा गाउँ, राजवंशी टोल र शुक्रबारे बजार पूर्वको गाउँमा बिद्युत पोल विस्तार गरिएको हो ।

नेपाल बिधुत प्राधिकरण दमक शाखाको प्राविधिक सहयोगमा धरमपुरको आधा दर्जन गाउँमा पोल विस्तार गरिएको सामाजिक अगुवा नेम्बाङले बताउनुभयो ।

प्रदेश सांसद झलकसिंह दर्लामी मगरको स्वकीय सचिव समेत रहनुभएका नेम्बाङले शिबसताक्षी नगरपालिकाको वडा नं १ लगायत अन्य वडाहरुमा बिद्युत पोल विस्तार गरिसक्नुभएको छ ।

नेम्बाङका अनुसार पूर्वपश्चिम लोकमार्गसंग जोडिएको भएपनि शिबसताक्षी–१ धरमपुरको कतिपय गाउँहरु अन्धकारमय छ । टाढाबाट बिजुली बत्तिको तार जोडेर घरमा ल्याउनु परेको छ, नेम्बाङले भन्नुभयो–’नगर वा वडा कार्यालयले दायित्व हो तर जनताका समस्याहरु नबुझेपछि मेरो पहलमा बिजुली पोल विस्तार गरिएको हो ।’

आज बिद्युत पोल विस्तार गरिएका गाउँमा स्थानीयले बाँसको अस्थाई पोल द्धवारा घर घरमा बिजुली बालिरहेको नेम्बाङदृ बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *