काठमाडौं, २६ असार–कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिनाले आउँदो आइतबार बिहान ९पर्सि० ब्राजिलसँग फाइनल खेल्दै छ।

उक्त खेल कप्तान लियोनल मेस्सीका लागि अर्जेन्टिनाको जर्सीमा ुजीवनकै पहिलोु उपाधि जिताउनु हुनेछ। मेस्सीले राष्ट्रिय टिमबाट आजसम्म कुनै प्रतियोगिताको फाइनल ट्रफी जित्न पाएका छैनन्। क्लबको जर्सी लगाएर उनले जित्न बाँकी केही पनि छैन। तर उनी राष्ट्रिय टिमबाट अझै पनि फाइनल उपाधिको भोको छन्।

जारी कोपा अमेरिकामा पनि उनको प्रदर्शन लोभलाग्दो छ। अर्जेन्टिनाले फाइनलअघिसम्म गरेको जम्मा ११ गोलमध्ये ९ गोलमा उनको प्रत्यक्ष सहभागिता छ। जसमा उनले ४ गोल गरिसकेका छन् भने ५ गोलका लागि असिस्ट गरेका छन्। यस पटकको कोपामा उनी नै गोलकर्ताको शीर्ष स्थानमा छन्।

यस क्रममा उनले पहिलो खेलमा चिलीविरुद्ध खेलको ३३ मिनेटमा फ्रिकमार्फत उत्कृष्ट गोल गर्दै खाता खोलेका थिए। जुन खेल बराबरीमा सकिएको थियो। त्यस्तै दोस्रो खेलमा उरुग्वेविरुद्ध देब्रे साइडको ठूलो डि एरियाबाट देब्रे खुट्टाले गरेको प्रहार गोइडो रोड्रिग्वेजले हेडिङमार्फत गोल गरेका थिए। त्यही एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले उरुग्वेलाई हराएको थियो।

त्यस्तै इक्वेडरविरुद्ध अर्जेन्टिनाले ३ गोल गर्दा मेस्सीले गोलसँगै असिस्ट पनि गरे। बोलिभियाविरुद्ध त अर्जेन्टिनाले ४ गोल गर्‍यो। जसमा मेस्सीले २ गोल गरे। यहाँ पनि मेस्सीको असिस्ट थियो।

सेमिफाइनलमा पेनाल्टी सुटआउटमा कोलम्बियाविरुद्ध अर्जेन्टिनाले पेनाल्टी सुट आउटमा ३(२ गोल अन्तरले हरायो। खेलमा पहिलो गोल लौटेरो मार्टिनेजले सातै मिनेटमा गरेका थिए। जसमा पनि मेस्सीकै पास थियो।

अब मेस्सी टिमले ब्राजिलविरुद्ध फाइनल खेल्दै छ। जसमा पनि मेस्सीले गोल गर्ने सबैले अपेक्षा गरेका छन्। साथै ब्राजिसँगको पछिल्ला पाँच खेलमा हारको बदला लिने पनि अर्जेन्टिनालाई अवसर छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *