काठमाडौँ, २६ असार–पछिल्लो २४ घण्टामा नेपालमा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।
