काठमाडौँ, २६ असार–नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए रु कसरी समाधान गर्ने रु भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए ।
पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।
