दमक, २८ असार–बढ्दो बिषादीको प्रयोगबाट उत्पन्न संक्रमण र हैजाले झापाको शिबसताक्षी नगरपालिकामा व्यवसायिक रुपमै मौरी पालन गर्दै आएका एक दर्जन मौरी पालकहरु समस्यामा छन् । एक सातादेखी शिबसताक्षी नगर क्षेत्रमा अज्ञात रोगले धमाधम मौरी मर्न थालेपछि मौरी पालन व्यवसाय गर्दै आएका मौरीपालकहरु समस्यामा परेका हुन् ।

शिवसताक्षी नगरपालिकाभित्र व्यवसायिक रुपमै मौरीपालन गर्दै आएका मौरीपालकहरुको मौरी धमाधम मर्न थालेपछि चिन्तित बनेका हुन् ।

दुधेस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालको ४० घार मौरी मरेको छ । दाहालको मात्रै मौरी मर्दा ६ लाख रुपँयाँ नोक्सानी भएको छ । त्यस्तै, सन्तकुमारी मुखियाको ३५ घार मौरी मर्दा ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

सतासी महिला मौरीपालन (साकोस) का अध्यक्ष तथा मौरी व्यवसायी धनमाया थापाको २० घार मौरी नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको छ । त्यस्तै टिका थापाको २५ घार मौरी नष्ट हुँदा ३ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, पूलकुमारी चौधरीको दश घार मौरी क्षति हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । नन्दकुमार दंगालको ३१ घार मौरी नष्ट हुँदा ४ लाख ६५ हजार क्षति भएको छ । डिकुरादेवी गजुरेलको ३५ घार मौरी नष्ट हुँदा ५ लाख २५ हजार क्षति भएको छ ।

शिवसताक्षीमा मात्रै ३४ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने अन्य विवरण आउन बाँकी रहेको सतासी महिला मौरीपालन साकोसका व्यवस्थापक देवी दाहालले बताइन् । उनले भनिन् मौरीमा लाग्ने रोगको लक्षणहरु केहि पनि देखिएको छैन, धान खेती लगाएपछि झार मार्ने विषादी प्रयोग गरेका कारण मौरी चरनमा भएको बेला पानी पिउने क्रममा मरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

मौरी विज्ञका अनुसार मौरी मर्न सक्ने कारणहरु सर्वप्रथम त विषादी नै हो त्यसपछि भेटुवा भाइट (सुलसुले), स्यागब्रुट, अमेरिकन फलब्रुट, युरोपियन फल ब्रुट लगायतका रोग लागेमात्र मौरी मर्न सक्ने सम्भावनाहरु बढ्न सक्छ तर यहाँ मरेका मौरीहरु के कारणले मरेका हुन् यकिन हुन नसकेको पूर्व वरिष्ठ बाली संरक्षण अधिकृत खरेलको भनाई छ ।

क्षति भएको मौरीको कहीँ कतैबाट क्षतिपूर्ति प्राप्त गर्न सकिदैन रु भन्ने जिज्ञासामा मौरी विकास कार्यालय गोदावारीका प्रमुख भन्छन् मौरीको बीमा गरेका भए बीमा कम्पनीले क्षतिपूर्ति दिलाउने थियो तर शिवसताक्षीका मौरीपालक कृषकहरुलाई पटक-पटक मौरीको बीमा गर्ने सुझाव दिएपनि बीमा नगरेका कारणले क्षतिपूर्ति हुन नसक्ने बताएका छन् । उनले स्थानीय सरकारमार्फत क्षतिको विवरण संकलन गरेर अनुरोध गर्दा केहि मात्रामा क्षतिपूर्ति प्राप्त हुनसक्ने बताएका छन् ।

एक हप्ताको अन्तरालमा विभिन्न स्थानमा राखिएको मौरी यसरी नष्ट हुनु भनेको मौरीपालकहरुमा आर्थिक पहिरो जानु जस्तै हो । यस्ता रोगको रोकथाममा मौरीपालक कृषकहरु समयमै सचेत नभए मौरीको महजन्य उत्पादन व्यवसाय नै धराशायी हुने प्रायः निश्चित छ ।

शिवसताक्षीमा मात्रै मौरीपालकहरुले ३ हजार घार मौरी पाल्दै आएका छन् । मौरीपालनबाट वार्षिक ११ टन मह उत्पादन गर्ने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्व वरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले बताए ।

शिबसताक्षीमा उत्पादित मह उत्पादनबाट मह प्रशोधन केन्द्रलाई दिइने रेट ४ सय रुपैयाँ प्रति केजीको दरले ४ करोड २० लाख रुपैयाँ कमाई गर्दै आएको बताइएको छ ।

अज्ञात रोगका कारण मौरी मरेर सोत्तर भएको छ, अब हामी पहिलेको मापदण्डमा पुग्न सक्दैनौ भन्दै खरेलले चिन्ता व्यक्त गरेका छन् । सतासी महिला मौरीपालन सहकारी संस्था अन्तर्गत व्यावसायिक मौरीपालन गर्दै आएका मौरी पालकहरुले ऋणमा मौरीको घार खरिद गरी व्यवसाय गर्दै आएका थिए तर अज्ञात रोगले मौरी मरेपछि ऋण कसरी तिर्ने भन्ने बारेमा कृषकहरु हतोत्साहित बनेका छन् ।

गजुरमुखी मौरी फर्मका सञ्चालक धनमाया पाठक (सुशिला) ले घार खरिद गरेको ऋण नै तिर्न सकिएको छैन, अब कसो गर्ने ? भन्दै चिन्ता व्यक्त गरिन् । उनको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जंगलमा मरेको थियो । १७ घार मौरी मर्दा २ लाख ५५ हजार बराबरको क्षति भएको उनको भनाई छ ।

त्यस्तै, पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले पनि अज्ञात रोगका कारण १० घार मौरी मरेको बताएकी छन् । जस अनुसार एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *