काठमाडौं, २९ असार–नेकपा (एमाले) स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा माधवकुमार नेपालसहित उहाँको पक्षका नेताहरु सहभागी हुने बताइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

नेपाल पक्ष अनुपस्थित रहेपछि सोमबार साँझ बसेको बैठकलाई औपचारिकता प्रदान गरिएको थिएन ।

सोमबारको बैठकमा नेपाल पक्षका नेता भीम रावलमात्र सहभागी हुनुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *