काठमाडौं, २९ असार–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई आज साँझ ६ बजे प्रधानमन्त्री पदको सपथ खुवाउने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा देउवालाई अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै देउवा लैनचौरस्थित सहिद पार्कमा गएर सहिदप्रति श्रद्धाञ्जली दिने कार्यक्रम छ ।
त्यसपछि देउवाले आजै प्रधानन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । पदभार ग्रहणपछि उनी आफ्नो निजी निवास बूढानीलकण्ठ जानेछन् । आज उनी निजी निवासमै बस्नेछन् ।
स्रोतका अनुसार देउवाले ज्योतिषकै परामर्शमामात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका छन् । केपी ओलीले सरकारी निवास वालुवाटार भोलिमात्रै खालि गर्नेछन् ।
