बेलडाँगी शिविर (दमक), ३० असार–दमकको सामाजिक गतिविधिमा सक्रिय दमक नगर इसाई समाजले आज बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई झण्डै तिन लाख बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

दमक नगरपालिकाद्धवारा सञ्चालित कोभिड अस्पतालबाट उपलब्ध हुने सेवा र प्रभावकारितामा सहयोग पुरयाउने उदेश्यले दमक नगर इसाई समाजले स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो । स्वास्थ्य, शिक्षा, सरसफाई, जनचेतना लगायत मानवीय सेवा र सामाजिक क्रियाकलापमा सक्रिय इसाई समाजले दमक–२ बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।

सामाग्रीहरुमा बेड साइड लक्कर (टेवल) ३० थान, पिपिई सेट २५ थान, सर्जिकल फेस मास्स ५,००० थान, सर्जिकल फेस सिल्ड १०० थान, सेनिटाइजर (१०० एमएल) १०० थान, सर्जिकल ग्लोब्स ५०० थान र ओटी क्याप २०० थान छन् ।

समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले मानवीय सेवाप्रति सधैभरी जुटिरहने संस्थागत उदेश्य अनुसार दमक नगर इसाई समाजले दमकमा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सहयोगका कार्यक्रमहरु गरिरहेको बताउनुभयो । अध्यक्ष पाष्टर थुलुङका अनुसार यसैवर्ष मात्रै सरकारद्धवारा जारी निषेधाज्ञामा तीन सय बढी कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत सहयोग सामाग्रीहरु हस्तान्त्रण गरिएको जानकारी गराउनुभयो ।

दमक–४ र ९ मा पर्ने बगान क्षेत्रमा कार्यरत कमजोर आर्थिक अवस्थाका कोरोना संक्रमित ३६ चिया मजदुर परिवारलाई पोषिलो खानेकुरा (डाबर चेमनप्रास, फलफूल) सहित ज्वारो नाप्ने थर्मोमिटर, अक्सिजन मापन गर्ने मेशिन र मास्क, ग्लोब्सहरु वितरण गरेको छ ।

त्यस्तैं, लगातारको निषेधाज्ञामा दमक बासपार्क क्षेत्रमा अलपत्र भएकाहरुलाई इसाई समाज आमा दिदी बहिनीहरुले खानाको व्यवस्थापन गरिएको अध्यक्ष पा.थुलुङले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सामाग्रीहरु दमक नगर इसाई समाजका पूर्वअध्यक्ष एबम् सल्लाहकार पाष्टर राजकुमार राईले कोभिड अस्पतालकी अध्यक्ष समेत रहनुभएका नगर उपप्रमुख गीता अधिकारी र नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्त्रण गर्नुभएको थियो ।

सामाग्री हस्तान्त्रण कार्यक्रममा पाष्टर मुक्ति किराँती थुलुङ, समाजका सहसचिव पाष्टर डिके बेधा लिम्बू, एल्डर बिकास रणपहेली, इसाई समाज युवा समितिका अध्यक्ष सुरज लिम्बू लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाष्टर मुक्ति किराँती थुलुङले इसाई समाजको तर्फबाट संक्रमित तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुको जीवनमा थप उर्जा र सफलता प्राप्तका लागि प्रार्थना गर्नुभएको थियो ।

सामाग्रीहरु बुझेपछि अस्पतालकी अध्यक्ष तथा नगर उपप्रमुख अधिकारीले मानवीय सेवामा इसाई समाजको भूमिकाको उच्च सम्मानका साथ प्रशंषा व्यक्त गर्नुभयो । सो क्रममा वहाँले कोभिड अस्पताल स्थापनाकालदेखी हालसम्मको अवस्थाको बारेमा जानकारी गराउनुभयो । अस्पतालमा दमक नगरको मात्रै नभएर छिमेकी पालिकाहरुदेखी इलाम, मोरङ, पाँचथर र ताप्लेजुङसम्मका बिरामीहरुलाई सेवा दिइरहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।

त्यस्तैं, नगर प्रमुख ओलीले अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन नागरिक समाजको भूमिकका महत्वपुर्ण रहने बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *