दमक, ३ जेठ–झापाको दमकमा उद्योग–व्यवसायसंगै सामाजिक क्षेत्रमा स्थापित लायन्सकर्मी अजय कुमार अग्रवालले आज (बुधबार) दमकमा भब्य समारोहबीच लायन्स क्लव इन्टरनेशनल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित सो समारोहमा झण्डै अढाइ सय भन्दा बढी लायन्सकर्मी तथा लायन्स लिडरहरुको उपस्थितिमा लायन्सकर्मी अग्रवालले लायन्स क्लव इन्टरनेश्नल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा उम्मेद्वारी दर्ता गर्नुभएको हो ।
लायन्स क्लव अफ दमकले लायन्सकर्मी अग्रवाललाई लायन्स क्लव इन्टरनेशनल ३२५ सि को सेकेण्ड भाइस् गर्भनर पदमा अघि बढाएको हो । सो अवसरमा निर्वाचन समितिका मुल संयोजक राजन खत्री सहितले अग्रवाललाई अग्रिम रुपमा विजयको शुभकामना दिएका छन् । अग्रवाल निरन्तर रुपमा लायन्समा लागेको र अविछिन्न लायन्सकर्मीहरुमाझ रहेको ब्याक्ति हुन्, खत्रीले भने ।
उहाँलाई म विजयको शुभकामना दिन चाहान्छु, खत्रीको भनाई थियो । डिस्ट्रिक गर्भनर धिरज गुरुङ, पुर्व गर्भनरहरु फुलकुमार लालवानी, लिला ढुंगेल, रेवतबहादुर कार्की, लगायतले अग्रवालले लायन्समा खेलेको भूमिका र दिएको योगदानका कारण आज यहाँसम्म आईपुगेको जनाउदै प्रशंशा सहित जितको शुभकामना दिएकाछन् ।
दमक नगर प्रमुख र उपप्रमुखले पनि दिए शुभकामना
यसैगरी, मनोनयन कार्यक्रममा सहभागि हुँदै दमक नगरपालिका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले पनि लायन्स क्लव अफ झापा दमकले अघि सारेका उम्मेद्वार अग्रवालको विजयको शुभकामना दिएकाछन् ।
सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्स क्लवको नेतृत्वको भागदार दमक पनि हुन लागेको पाउदा आफुहरु खुशि भएको उहाँहरुको भनाई रहेको थियो । उहाँहरु दुबैले दमकबाट एकल उम्मेद्वार बनाएर जान तथा त्यसका लागि प्रयत्न गर्न पनि आग्रह गरेकाछन् ।
अग्रवाललाई सर्वसम्मत बनाउन क्लवको पहल
यसैबीच लायन्स क्लव अफ झापा दमकले आफुले उठाएका उम्मेद्वार अग्रवाललाई सर्वसम्मत बनाउनका लागि अनुरोध गरेको छ । सम्पूर्ण लायन्सकर्मी तथा लायन्स लिडरहरुलाई सर्वसम्मत रुपमा अग्रवाललाई सेकेण्ड भ्याईस गर्भनरमा अग्रवाललाई समर्थन गर्न आग्रह गरेको क्लवका सचिव विष्णुप्रसाद पोखरेलले बताएका छन् ।
लामो समयदेखि लायन्समा सक्रिय रहदै आएको र लायन्स अभियानमा निरन्तर रहेकाले अग्रवाललाई अघि सारिएको समेत पोखरेलको भनाई छ ।