दमक, १४ मंसिर–झापाको दमकस्थित ज्योति चर्च मण्डलीले आज (विहिबार) विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव–२०८० मनाएको छ । ज्योति चर्च भवनमा आयोजित स्वर्ण महोत्सव समारोहमा सो चर्चका संस्थापकहरु, पाष्टरहरु र अगुवाहरुलाई सम्मान गर्नुका साथै भजन, प्रार्थना, बाइबल पाठ, आराधना, राष्ट्रिय गीत, र बाल संगतीबाट नृत्य प्रस्तुत गरिएको थियो ।

२०३० सालमा तत्कालिन दमक १० (हालः दमक ५) मा ज्योति चर्च स्थापना भएको हो । इसाई धर्मावालम्बीहरुका अगुवा तथा सो चर्चका अध्यक्ष पाष्ष्टर मुक्ति किराँती थुलुङको अध्यक्षता र एन.सी.एफ.एनका केन्द्रीय अध्यक्ष रेभ.पाष्टर सूर्य बल तामाङ (हनोक तामाङ) को प्रमुख आतिथ्यतामा ज्योति चर्चको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको थियो । महोत्सवको उद्घाटनमा सभाध्यक्ष पागटर मुक्ति किराँती थुलुङ, प्रमुख अतिथि रेभ.पाष्टर हनोक तामाङ र दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले संयुक्त रुपमा दीपप्रज्वलन गर्नुका साथै ५०औं वर्षको अवसरमा स्वर्ण महोत्सव लेखिएको केक काटिएको थियो ।

समारोहमा ज्योति चर्चका संस्थापक एबम् इसाई समाजका अगुवा प्रे एन.डी थुलुङले प्रार्थना गर्नुभएको थियो । त्यसैगरी, स्वर्ण महोत्सवमा सो चर्चका तर्फबाट हेमकला राईले बाइबल पाठ गर्नुभएको थियो भने श्लभ हस्दाले आराधना र शुसिला राईले भजन प्रस्तुत गर्नुभएको थियो ।

स्वर्ण महोत्सव अवसरबीच ज्योति चर्चका १५ जना पाष्टरहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने पाष्टरहरुमा प्रेरित एन.डी थुलुङ (दमक), पाष्टर धनबहादुर लिम्बू (दमक), रेभ चन्द्रप्रसाद राई (मधुमल्ला), पाष्टर गम्भिर राई (आपझोला), पाष्टर पदम थुलुङ (भाङवारी), पाष्टर गोपालमान राई (पाडाजुङ्गी), पाष्टर लाजरश थुलुङ (काठमाण्डौं), पाष्टर धर्मध्वज राई (खोटाङ), पाष्टर लक्ष्मीप्रसाद राई (राजघाट), पाष्टर विष्णु वहादुर राई (ढुकुरपानी), रेभ याम लावती (मौवा), पाष्टर सन्तोष योङ्गहाङ (भारापा), पाष्टर शुभलाल चाम्लिङ (बेनबाजा), पाष्टर चन्द्र फागो (केर्खा) र श्री सिंह बहादुर श्रेष्ठ (दमक) छन् । सम्मानितहरुलाई समारोाहका अध्यक्ष पाष्टर मुक्ति किराँती थुलुङ, प्रमुख अतिथि रेभ पाष्टर हनोक तामाङ र विशिष्त अतिथि दमक नगर प्रमुख रामकुमार थापाले दोसल्ला ओढाएर सम्मानपत्र वितरण गर्नुभएको थियो ।

त्यसैगरी, ज्योति चर्च मण्डलीका पूर्वअगुवाहरु पाष्टर डिके दानियल कुरुम्बाङ (न्युलाईफ गोस्पल चर्च) काठमाण्डौं, पाषटर अनिल सुब्बा (आराधना मण्डली) उर्लाबारी, एल्डर जीवन राई (काइरोस मण्डली) दमक, पदम लिम्बू (पेल्टीमारी) चुलाचुली, डिकन चन्द्र नेम्बाङ (नैयुथ चर्च सामुदायिक) पाँचथर, निला राई (बाल संगती शिक्षिका) दमक र दुधमान कुरुम्बाङ (स्वतन्त्र ख्रीष्टीयन चर्च) केर्खा छन् । त्यस्तैं, ज्योति चर्च दमक अन्तर्गत विभिन्न स्थानमा स्थापना भएका ३३ वटा ज्योति चर्च मण्डली र मण्डलीका पाष्टरहरुको स्वर्ण महोत्सवमा सहभागिता थियो ।

समारोहमा प्रमुख अतिथि समेत रहनुभएका एन.सी.एफका केन्द्रीय अध्यक्ष हनोक तामाङले प्रवचन दिनुभएको थियो । दमक नगर प्रमुख रामकुमार थापाले दमकमा ज्योति चर्च स्थापना भएको ५०औं वर्षको अवसरमा दमक नगरभरीका इसाई धर्मावालम्बीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तैं, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई र एन.एफ.एफ कोशी प्रदेश अध्यक्ष पाष्टर हिमाल राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा ज्योति चर्च स्थापनाकालदेखिका हाल वर्तमान अवस्थाका संक्षिप्त इतिहास सहित स्वागत मन्तव्य पाष्टर मुक्ति किराँती थुलुङले प्रष्ट पार्नुभएको थियो भने ज्योति चर्च मण्डलीका संस्थापक अगुवा पाष्टर एन.डी थुलुङले धन्यवाद मन्तव्यसहित ज्योति चर्च मण्डलीको बारेमा चर्चा गर्नुभएको थियो ।

स्वर्ण महोत्सवमा दमक नगरका उपप्रमुख रेगिना भट्टराई प्रसाई, रेभ वीरबहादुर राई (इन्मानुएल कृपा मण्डली–धरान), रेभ दानियल सुब्बा (इटहरी बप्तिस मण्डली), रेभ छत्रमान (सिमोन) काकी (भौसावारी चर्च अफ गड), रेभ उद्धबसिंह सेरेङ (न्यू लाइफ मण्डली (उर्लाबारी), एल्डर शामुएल शर्मा (पूर्व निर्देशक आइ.एन–पोखरा), रेभ डा एडोन रोङ्गोङ (क्याम्पस क्रुसेड फर काइष्ट (भारत), पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर कुवेर गुरुङ, पाष्टर दावा शेर्पा, पाष्टर हेमन्त सुब्बा, पाष्टर डिके बेघा, एल्डर दिपेन्द्र नेम्बाङ लगायत उदयपुर, सुनसरी, मोरङ, इलाम, पाँचथर, झापा, काठमाण्डौं, हेटौडा, पोखराबाट पाष्टरहरुको उपस्थिति थियो ।

ज्योति चर्च मण्डलीका सचिव एल्डर गोपाल हस्दाले स्वर्ण महोत्सव समारोहको कार्यक्रम सञ्चालन गनुभएको थियो भने मान–सम्मान तथा मायाको चिनो वितरण कार्यक्रमको सञ्चालन ज्योति चर्चका उपाध्यक्ष पाष्टर अजय पाठकले गर्नुभएको ज्योति चर्च मण्डलीका सदस्य तथा डिकन पुष्यप्रसाद उप्रेतीले हाम्रोसरोकारलाई जानकारी गराउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *