केर्खा, १४ मंसिर–निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) झापा-कमलले आजदेखि पालिकास्तरिय नृत्य तथा गायन प्रतियोगिता शुरु गरेको छ । भोलि (शुक्रबार) सम्म सञ्चालन हुने प्रतियोगितामा कमलभरिका एक दर्जन विद्यालयले सहभागिता जनाएका छन् ।

कमल ४ केर्खास्थित फोनिक्स अंग्रेजी बोर्डिङ स्कुलमा शुरु भएको प्रतियोगिताको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले उद्घाटन गरिन् ।

प्याव्सन कमलका अध्यक्ष बदी साङपाङ राईको अध्यक्षतामा भएको पहिलो दिनको कार्यक्रममा १२ वर्ष मुनीको जुनियर गायनतर्फ विद्या सदन ईङलिस स्कूल प्रथम, निहारिका एजुकेशन फाउण्डेशन द्धितीय, स्टार ईङलिस स्कूल तेश्रो भएको छ ।

यसैगरि, सिनियर गायनतर्फ फोनिक्स स्कूल प्रथम, निहारिका एजुकेशन द्वितीय, तृृतीय भने स्टार अंग्रेजी स्कूल र जुनियर आधुनिक नृत्यतर्फ लालिमा अंग्रेजी बोर्डिङ स्कूल प्रथम, स्टार स्कूल द्धितीय र निहारिका एजुकेशन तेश्रो बन्न सफल भयो ।

भोलि भने विद्यागत तर्फका अन्य प्रतिष्पर्धा हुने र विजयी स्कूलका विद्यार्थीहरुलाई पुरस्कृत गरिने प्याव्सन कमलका सचिव दिपक संग्रौलाले बताए ।

पालिकास्तरमा शुरु भएको दुवै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूले पुनः दोस्रो चरणको जिल्लास्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्ला भरिका सवै पालिकामा सोमबारदेखि शुरु भएको ती दुवै विद्यागत प्रतियोगिता ३० गते दमकपालिकाको प्रतियोगितासँगै पहिलो चरण सम्पन्न हुने प्याव्सन झापाका सांस्कृतिक उपसमिति संयोजक छत्रबहादुर कार्कीले बताए ।

पालिका स्तरको कार्यक्रमपछि जिल्ला स्तरीय प्रतियोगिता यहि पुस २ र ३ गते दमकको पशुहाटमा हने जनाईएको छ । प्याब्सनले सांस्कृतिक प्रतियोगितामा प्राथमिक तहमा आधुनिक, आधारभूत तहमा राष्ट्रिय तथा माध्यमिक तहमा लोक नृत्य प्रतियोगिता सञ्चालन गर्ने छ । त्यस्तै, १२ वर्ष मुनिको, कक्षा –१० सम्म र कक्षा–१२ सम्म गरी तिन तहको गायन प्रतियोगिता सञ्चालन गरिने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *