काठमाडौं, १५ मंसिर–विभिन्न पार्टी परित्याग गरेर पाँच सयभन्दा धेरै नेता कार्यकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको छ।
जनकन्दिनी गाउँपालिका कमिटी धनुषाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उक्त संख्याका व्यक्तिहरूले एकीकृत समाजवादी पार्टी रोज्नु भएको हो।
बिहिबार धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। आयोजककाअनुसार विभिन्न पार्टी परित्याग गरेर करिब पाँच सय जनाले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु भएको हो।
नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको हो। अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीप्रतिको जनलहर बढिरहेको बताउँदै प्रवेशीहरूलाई पार्टीका विभिन्न निकायमा उपयुक्त जिम्मेवारी प्रदान गर्न पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ।
