धुलाबारी, १६ मंसिर–झापाको मेचीनगर नगरपालिका–९ मागुमाडीमा धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
आज (शनिबार) दिउँसो मेचीनगर–९ मागुरमाडीका टंकप्रसाद उप्रेतिको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको कुन्युमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागी इलाका प्रहरी कार्यालय धुलाबारी, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट उनको घरको झ्यालको एउटा सीसा समेट फुटेको छ भने आगलागीको कारण भने खुल्न नसकेको जनाइएको छ ।
