दमक, १६ मंसिर–दमकमा एचआईभी संक्रमित हुनेको संख्यामा बढ्दै गएको पाईएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार व्यवसायिक यौनकर्मी तथा लागूऔषध प्रयोगकर्ताका कारण एचआइभी संक्रमण हुनेहरुको संख्या बृद्धि भएको पाइएको हो ।

दमक नगरपालिकामा आफुलाई व्यवसायिक यौनकर्मी बताएर १ सय २ जनाले अघिल्लो आर्थिक वर्षमा एचआईभी परीक्षण गराएका थिए । उनीहरु मध्ये ४ जनामा पोजेटिभ देखिएको प्रस्तुत तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै, अन्य १२ गरि दमकमा १६ जना व्यवसायिक यौनकर्मीमा एचआईभी संक्रमण देखिएको छ ।

यस्तै, यी व्यवसायिक यौनकर्मीसँगको सम्पर्कका कारण एचआइभी संक्रमित हुनेको संख्या भने ११ जना रहेको पनि तथ्यांकमा उल्लेख गरिएको छ । स्वास्थ्य शाखा निरीक्षक बद्री बरालले तथ्यांक सार्वजनिक गर्दै वैदेशिक रोजगारमा जाने र फर्केर आएर परिवारमा समेत जोखिम बढाएको उल्लेख गरे ।

स्वास्थ्य शाखा निरीक्षक बरालका अनुसार वैदेशिक रोजगारमा गएर घर फर्केकाको अघिल्लो वर्ष ९ जनाको परीक्षण गर्दा सबैमा पोजेटिभ देखिएको र ८ जना परिवारका सदस्यमा समेत संक्रमण देखिएको छ । उनले भने,–‘असुरक्षीत यौन सम्पर्कका कारण यसको जोखिम बढ्न थालेको छ, यसमा सचेत हुन जरुरी छ ।’

दमकमा अहिलेसम्मको तथ्यांकमा २ सय ६५ जना एचआईभी संक्रमित रहेको नगरपालिकाको तथ्यांकमा छ । दमक अस्पतालबाटनै यी मध्ये २ सय २४ जनाले नियमित उपचार गरिरहेका छन् । अघिल्लो आर्थिक वर्षमा दमकमा मात्रै एचआइभी संक्रमित १० जनाको ज्यान समेत गइसकेको नगरपालिकाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *