शेखर कोइराला

काठमाण्डौं, १६ मंसिर–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन्।

कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने बताए। युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने उनको भनाइ छ।

‘दिनहुँ लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन, केबल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छरु’, शनिबार कांग्रेस लुम्बिनीको पहिलो सम्मेलनमा कोइरालाले भने।

उनले अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए। कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *